इरानी तेल ट्याङ्करमा अमेरिकी आक्रमण, इरानद्वारा जोर्डनस्थित अमेरिकी सैन्य अखडामा मिसाइल प्रहार
nepalviews.com · Wed Sep 09 01:26:19 GMT 2026

एजेन्सी । अमेरिकी सेनाले इरानका पाँचवटा तेल ट्याङ्करमाथि शक्तिशाली हमला गरेपछि मध्यपूर्वमा सैन्य तनाव चरमोत्कर्षमा पुगेको छ। इरानले लगातार दुई दिनसम्म अमेरिकी युद्धपोतलाई निशाना बनाउने प्रयास गरेपछि जबाफी कारबाहीस्वरूप यी ट्याङ्करहरूमाथि आक्रमण गरिएको अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम्) ले जनाएको छ।
अमेरिकी सेनाले ओमानको खाडीमा रहेका इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ (आइआरजिसी) सँग सम्बद्ध चारवटा र इरानको मुख्य तेल निर्यात केन्द्र खार्ग टापुनजिकै रहेको अर्को एक ट्याङ्कर ध्वस्त पारेको हो। खार्ग टापु इरानको कुल तेल निर्यातको करिब ९० प्रतिशत हिस्सा ओगट्ने मुख्य केन्द्र मानिन्छ।
Read full story at source (nepalviews.com)