पाथीभरामा घण्टीहरुबाटै बन्यो विशाल घण्टी
kendrabindu.com · Sun May 24 06:54:45 GMT 2026

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध पाथीभरा मन्दिर पुग्नुअघि प्रवेशद्वार नजिकै घण्टीबाटै विशाल घण्टीको संरचना बनाइएको छ । मन्दिरको प्रवेशद्वार छेउमा करिब दुई हजार ३० वटा घण्टीहरू जोडेर घण्टीको आकारको विशाल संरचना निर्माण गरिएको हो ।
करिब १६ फिट अग्लो र १२ फिट फराकिलो यो संरचना ६ हजार किलो तौलको रहेको छ । सो घण्टी १० लाख रुपैयाँको लागतमा निर्माण गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाम्बाङले जानकारी दिए ।
Read full story at source (kendrabindu.com)