क्यानका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्ष थुनामा पठाउन आदेश
gorkhapatraonline.com · Wed Jun 17 02:21:51 GMT 2026

काठमाडौँ, असार ३ गते । विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीराज श्रेष्ठको इजलासले पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो । विशेष अदालतले तत्कालीन महानिर्देशक गौतमले आफ्नो पदमा रहँदा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको अनियमितता र हिनामिना भएको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।
Read full story at source (gorkhapatraonline.com)