अजिरकोटमा १५ लाखको स्याउ बिक्री
gorkhapatraonline.com · Wed Sep 09 01:43:39 GMT 2026

गोरखाको अजिरकोट गाउँपालिका–२ खरिबोटस्थित मुलखर्क र नब्लु क्षेत्रमा व्यावसायिक रूपमा गरिएको स्याउ खेतीबाट यस वर्ष १५ लाख रुपियाँ बराबरको स्याउ बिक्री भएपछि किसान उत्साहित भएका छन्। समुद्री सतहबाट करिब दुई हजार दुई सय मिटर उचाइमा लगाइएको स्याउले राम्रो उत्पादन दिएपछि स्थानीय किसानमा व्यावसायिक खेतीप्रति आकर्षण बढेको हो।
यस वर्ष स्याउका बोटमा राम्रो फल लागेपछि उत्पादनसँगै आम्दानी पनि बढेको स्याउ किसान सञ्जीव तामाङ ‘भिटेन’ले बताउनुभयो। “अघिल्लो वर्षको तुलनामा यस पटक उत्पादन राम्रो भएकाले बजारमा पठाउनसमेत सहज भएको छ,” उहाँले भन्नुभयो।
Read full story at source (gorkhapatraonline.com)