मासिँदै ऐतिहासिक सम्पदा
gorkhapatraonline.com · Wed Sep 09 01:40:18 GMT 2026

ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा संरक्षणमा स्थानीय बासिन्दा र नगरपालिकाले चासो लिन नसक्दा सम्पदा मासिने क्रम बढेको छ । पश्चिम नेपालकै पुरानो सहरका रूपमा स्थापित तानसेनमा चार सय वर्ष पुराना सम्पदा छन् । पाटी, पौवा, मन्दिर तथा त्यसमा प्रयोग भएका पुराना कलात्मक झ्यालढोका दुई दशकअघिदेखि जीर्ण बनेका छन् । ती जीर्ण सम्पदा मर्मतसुधार तथा नयाँ बनाउँदा तानसेनको मौलिकता गुम्दै गएको जानकार बताउँछन् । तानसेनको नारायणस्थान, शीतलपाटी, असनटोल, भीमसेनटोललगायतका क्षेत्रमा रहेका पुराना संरचना हटाएपछि नयाँ बनाउँदा पुराना कलासंस्कृति झल्काउने वस्तु लोप बनेका छन् ।
मठमन्दिरमा प्रयोग भएका बुट्टेदार झ्यालढोका, ढुङ्गेधारा, गौमुखेधारा, ठुला ठुला ढुङ्गा, कलधारा हराएको इतिहासविद् निर्मल श्रेष्ठले बताउनुभयो । पुराना सम्पदा जीर्ण बन्दै जाँदा हटाइएको ऐतिहासिक कलात्मक सम्पदा हराउने गरेको उहाँको भनाइ छ । तानसेनका लागि ऐतिहासिक तथा पुरातात्त्विक धरोहरहरू आफैँमा महत्वपूर्ण वस्तु भए पनि त्यस्ता वस्तु तथा सम्पदाको संरक्षणमा नगरपालिकाले पनि ध्यान दिन सकेको छैन । तानसेन नगरपालिकाको अगुवाइमा बनेका कतिपय ऐतिहासिक संरचनामा पनि सम्पदा नामेट गरिएको स्थानीय बासिन्दाको भनाइ छ ।
Read full story at source (gorkhapatraonline.com)