च्याम्पियन्स लिग : हालान्डको २ गोल, सिटीको जित
himalpress.com · Wed Sep 09 01:47:06 GMT 2026
काठमाडौँ- च्याम्पियन्स लिगमा इंग्लिस टिम म्यानचेस्टर सिटीले सहज जित हात पारेको छ। गएरातिको खेलमा पोर्टोलाई २-० गोल अन्तरले हराउँदै सिटीले जित सुरुवात गरेको हो। सिटीको जितमा एर्लिङ हालान्डले दुई गोल गरे। पहिलो जितसँगै सिटी ३ अंकमा तालिकाको शीर्ष स्थानमा रह्यो।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा मात्र सिटीले २ गोल फर्कायो। खेलको ४७ औँ मिनेटमा हालान्डको गोलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो। खेलको इन्ज्युरी समयमा हालान्डले व्यक्तीगत दोस्रो गोल गर्दै च्याम्पियन्स लिगमा सिटीलाई सानदार जित दिलाए।
Read full story at source (himalpress.com)