अर्थ र उद्योग समितिको बैठक बस्दै
hamrakura.com · Wed Sep 09 00:00:00 GMT 2026

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज दुई ओटा संसदीय समितिको बैठक बस्ने भएको छ। संसद् सचिवालयका अनुसार आज अर्थ समिति र उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्न लागेको हो।
अर्थ समितिको बैठक बिहान ९ः३० बजे बस्ने तय भएको छ। बैठकमा भोटेकोशी बाढीपश्चात् नेपाल सरकारबाट हालसम्म भएका उद्धार, राहत वितरण तथा पुनःस्थापनाका सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग छलफल गर्ने कार्यसूची रहेको छ। यसैगरी, विपद्ले समग्र अर्थतन्त्रमा पारेको प्रभावका सम्बन्धमा अर्थ मन्त्रालयसँग र विपद्पछिको क्षति तथा प्रभावको मूल्याङ्कनका सम्बन्धमा राष्ट्रिय योजना आयोगसँग पनि छलफल हुनेछ।
Read full story at source (hamrakura.com)