पास भएका केयरगिभर इजरायल पठाएपछि मात्रै नयाँ भर्ना प्रक्रिया सुरु हुने
onlinekhabar.com · Wed Jul 08 12:25:22 GMT 2026

२४ असार, काठमाडौं । इजरायलले हाल छनोट प्रक्रियामा रहेका नेपाली श्रमिकलाई पठाउने कार्य सम्पन्न भएपछि मात्रै श्रमिक भर्नाको अर्को चरणको प्रक्रिया सुरु गर्ने भएको छ।
बुधबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत एरी बासबीच मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको थियो। भेटका क्रममा इजरायल जान छनोट भएका नेपाली श्रमिकले भोगिरहेका समस्या, स्वास्थ्य परीक्षण र भाषा परीक्षाका विषयमा विस्तृत छलफल भएको थियो । श्रम मन्त्रालयका एक उच्च अधिकारीका अनुसार हालको भर्ना प्रक्रिया र आगामी योजनाबारे गृहकार्य भइरहेको छ।
Read full story at source (onlinekhabar.com)