बेलायतमा सयौँ फ्लाइट रद्ध, लाखौँ यात्रु प्रभावित
kendrabindu.com · Wed Sep 09 01:52:57 GMT 2026

लन्डन । बेलायतको फ्लाइट प्रणालीमा समस्या आउँदा सयौँको संख्या उडान रद्ध भएको छ । मंगलबार बेलायतको उडान प्रणाली प्रभावित हुँदा २०० फ्लाइट रद्ध भएको बीबीसीले उल्लेख गरेको छ । त्यसको मर्मतसंभार भए पनि सामान्य स्थितिमा सेवा सञ्चालनका लागि केही समय लाग्ने समाचार विवरणमा उल्लेख छ ।
उडानको प्रतीक्षामा बसेका यात्रुहरूले राडारमा समस्या आएको जानकारी पाएको बताएका छन् । रायन एयरले उक्त समस्याका कारण आफ्ना ५० उडान रद्ध भएको जनाएको छ । त्यसबाट ६५ हजार यात्रु प्रभावित भएको उक्त एयरलाइन्सको भनाइ छ । प्राविधिक समस्याका कारण उडान आठ घण्टासम्म पनि तय नभएको एयरलाइन्सले जनाएको छ ।
Read full story at source (kendrabindu.com)