च्याम्पियन्स लिग : रियलको विजयी सुरुवात
arthasansar.com · Wed Sep 09 01:50:59 GMT 2026
रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । सान्टियागो बर्नाबेउमा मंगलबार राति भएको खेलमा रियलले इन्टर मिलानलाई २–१ गोलले पराजित गरेको हो ।
रियलको जितमा किलियन एमबाप्पे र फेडेरिको भाल्भेर्देले गोल गरे । इन्टरका लागि कार्लोस अगुस्टोले एक गोल फर्काए । खेलको १४औँ मिनेटमा एमबाप्पेले गोल गर्दै रियललाई अग्रता दिलाए। इन्टरको रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै एमबाप्पेले गोल गरेका थिए ।
Read full story at source (arthasansar.com)