अझै खण्डहर पुरानो संसद् भवन
nagariknews.nagariknetwork.com · Wed Sep 09 01:51:54 GMT 2026

ठिक एक वर्षअघि जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगो लगाएर क्षतविक्षत पारिएको नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) अहिले पनि खण्डहर अवस्थामा छ। एक वर्ष बित्दा पनि भवन मर्मतसम्भार गरिएको छैन बरु त्यहाँ आन्दोलनका क्रममा जलाइएका गाडी लगेर थुपारिएको छ। किन पुरानो संसद् भवन मर्मत गरिएन भन्ने विषय सबैको चासो र जिज्ञासाको विषय बनेको छ। चीन सरकारले बनाइदिएको यो भवनलाई २०६५ सालदेखि जेनजी आन्दोलनअघिसम्म संविधानसभा/संसद्का बैठक प्रयोजनमा प्रयोग गरिएको थियो।
पूर्वधार विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागका उपपमहानिर्देशक तथा पूर्वााधार महाशाखा प्रमुख प्रकाश अर्यालका अनुसार पुरानो संसद् भवनको निर्माण संरचनागत नक्सा (स्ट्रक्चरल डिजाइन ) भेटिएको छैन। आन्दोलनका क्रममा भवनसँगै नक्सा पनि जलेको छ। त्यो नक्सा चीन सरकारले तयार गरेको थियो। भवन पनि चीन सरकारले नै बनाएको थियो। यो भवन पुनर्निर्माण गर्न नसक्नुको खास कारण यही भएको उनी बताउँछन्। अर्को कारण पनि छ– त्यो भवन पुनर्निर्मााण गर्न नसक्ने गरी क्षति भएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)