सामाजिक सन्जालमा भ्रम चिर्न नसक्दा एमालेले चुनाव हार्यो तर फेरि उठ्छौँ : शंकर पोखरेल
nepalnews.com · Wed Sep 09 02:24:48 GMT 2026

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी फेरि जनताका बीच सुदृढ भएर उभिने बताएका छन्। मङ्गलबार धनुषाको लालगढमा एमाले पार्टी मधेश कमिटीले आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान’ को अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले छ वटा ‘ज’ को अभियानले पार्टी सुदृढीकरण अभियानले दृढतापूर्वक पार्टी उठ्ने बताए।
महासचिव पोखरेलले भने ‘ज’ भन्नाले जनतामा जानु, जनताका मुद्दा उठाउनु, जनतासँग जोडिनु, जनताको प्रिय बन्नु , जनसङ्गठन व्यवस्थित रुपले परिचालन गर्नु र समाजवादी लक्षमा पुग्न पार्टीको मुख्य सिद्धान्त जनताको बहुदलीय जनवादको परिणाममुखी अभ्यास हो।’
Read full story at source (nepalnews.com)