राष्ट्रमाथिको अपराधमा उन्मुक्ति स्वीकार्य छैन : बस्नेत
ratopati.com · Wed Sep 09 02:21:59 GMT 2026

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रमाथिको अपराधमा उन्मुक्ति स्वीकार्य नहुने बताएका छन् । गत वर्ष भदौ २४ मा राष्ट्रमाथि आक्रमण भएकोले यस दिनलाई कालो दिनको रूपमा आफूले स्मरण गर्नेसमेत उनले उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमा आफ्नो घर जल्दै गरेको भिडियोसहित उनले लेखेका छन्– 'गत वर्ष आजकै दिन सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत राज्यका संरचना जलाइए। सरकारी कार्यालय, निजी उद्योग व्यवसाय र मेरो लगायत ४ सय भन्दा बढी नागरिकका घर सम्पत्ति खरानी बनाइए। एक वर्ष बित्यो। पीडितले न्याय पाएनन्, क्षतिपूर्ति पाएनन्, अपराधीमाथि कारबाही भएन। बरु त्यही अराजकताको जगमा बनेको बालेन सत्ताले देशलाई थप अन्योल र बर्बादीतर्फ धकेल्यो।'
Read full story at source (ratopati.com)