मनासलु हिमाल आरोहण गर्ने बढ्दै
gorkhapatraonline.com · Wed Jun 17 03:21:22 GMT 2026

विश्वको आठौँ तथा नेपालको सातौँ अग्लो मानिएको मनासलु हिमाल आरोहण गर्नेको सङ्ख्या बढीरहेको छ ।
आठ हजार १६३ मिटर उचाइमा रहेको यो हिमाल सन् १९५६ मे ९ मा जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक ज्याल्जेन नोर्बु शेर्पाले पहिलो पटक सफल आरोहण गरेका थिए । मनासलु हिमाल विश्व पर्वतारोहण इतिहासमा अलग पहिचान स्थापित गर्दै आएको छ । पर्यटन विभागको सन् २०२५ सम्मको अभिलेख अनुसार हालसम्म तीन हजार ६४३ जनाले मनासलु हिमालको सफल आरोहण गरिसकेका छन् ।
Read full story at source (gorkhapatraonline.com)