म्यादअघि नै काम सक्ने छवि बनाएको रसुवाले कर्णालीमा ३ महिना अगावै बनायो ७५० मिटर लामो पुल
clickmandu.com · Wed Jul 08 13:11:49 GMT 2026

काठमाडौं । सुदूरपश्चिम प्रदेशको कैलालीस्थित टीकापुर र लुम्बिनी प्रदेशको बर्दियास्थित गेरुवा गाउँपालिकालाई जोड्ने कर्णाली नदीको सनकट्टी घाटमा निर्माण भइरहेको पक्की पुल सम्झौता अवधिभन्दा ३ महिना अगावै सम्पन्न भएको छ । पुल निर्माणमा आफ्नो छुट्टै पहिचान बनाएको रसुवा कन्स्ट्रक्सनले निर्धारित समयभन्दा पहिल्यै काम सकेर विकास निर्माणमा उदाहरणीय कार्य प्रस्तुत गरेको हो ।
२०७९ साल पुस १७ गते ठेक्का सम्झौता गरी २०८० साल वैशाख २ गतेबाट पुलको निर्माण कार्य सुरु गरिएको थियो । सम्झौता अनुसार यो पुल २०८३ साल असोज १७ गतेभित्र (४५ महिनामा) सम्पन्न गर्नुपर्ने अवधि तोकिएको थियो । तर, सम्झौता अवधिभन्दा करिब ३ महिना अगावै अर्थात् यसै वर्षको असार मसान्तभित्रै सबै काम सम्पन्न भएको छ ।
Read full story at source (clickmandu.com)