सुख्खा पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध
nepalnews.com · Wed Sep 09 02:53:58 GMT 2026

सुर्खेत। कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। दैलेखको दुल्लु नगरपालिका-१ स्थित भम्लु खोलामा गए राति सुख्खा पहिरो खस्दा सडक यातायात ठप्प भएको हो।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार, यसअघि कालीकोटको खाँडाचक्र नगरपालिकास्थित पिली, शुभकालिका गाउँपालिकाको गगने खोला र एस मोडमा खसेको पहिरोका कारण राजमार्ग भदौ २० गतेदेखि बन्द थियो। उक्त सडक खण्ड मङ्गलबार दिउँसो मात्र सञ्चालनमा आएको थियो।
Read full story at source (nepalnews.com)