प्रधानमन्त्री राहत कोषमा राजी राणाद्वारा एक करोड ९ लाख सहयोग
corporatenepal.com · Fri Aug 28 12:10:01 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो मध्येको सहयोग हो ।
व्यावसायिक पृष्ठभूमिकी राणा ८७ वर्षीया हुन् । राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाएको सहयोग रकमको चेक शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयमा बुझेका छन् ।
Read full story at source (corporatenepal.com)