बदनाम गर्न प्रधानमन्त्री राहत कोषको क्यूआरमा पार्टीको खाता राखियो: हर्क साम्पाङ
techpana.com · Fri Aug 28 12:14:28 GMT 2026

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको क्यूआर कोडमा श्रम संस्कृति पार्टीको बैंक खाता राखेर बदनाम गर्न खोजिएको भन्दै पार्टीका अध्यक्ष हर्क साम्पाङले आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा एक भिडिओ राख्दै उनले आफूहरूले उक्त क्यूआर परिवर्तन नगरेको बताएका हुन् ।
बाढीपहिरो पीडितको सहयोगका लागि उपलब्ध गराइएको प्रधानमन्त्री राहत कोषको क्यूआर स्क्यान गर्दा श्रम संस्कृति पार्टीको बैंक खाता देखिएको भन्दै कतिपय प्रयोगकर्ताले सामाजिक सञ्जालमा तस्बिर र भिडिओ सार्वजनिक गरेका थिए । सोही विषयलाई लिएर साम्पाङले कुनै अज्ञात व्यक्तिले नियतवश प्रधानमन्त्री राहत कोषको क्यूआरलाई इडिट गरेर आफ्नो पार्टीको खाता राखिदिएको दाबी गरेका छन् ।
Read full story at source (techpana.com)