‘पेन्सन पट्टा’ लाहुरे परिवारको कथा मात्रै होइन : दयाहाङ राई
ratopati.com · Wed Sep 09 03:06:04 GMT 2026

काठमाडौँ । अभिनेता दयाहाङ राईले ‘पेन्सन पट्टा’ केवल लाहुरेकाे कथा मात्र नभएको बताएका छन् । फिल्मले लाहुरे परिवारको जीवन, पुस्तान्तरण, प्रेम, सम्बन्ध र जिम्मेवारीलाई नजिकबाट देखाए पनि यो आम समाजको कथा भएको उनको भनाइ छ ।
`लाहुरे समुदायको वीरता र सफलताको कथा नेपाली समाजमा प्रशस्तै सुनिँदै आएको छ । तर अवकाशपछि उनीहरूको पारिवारिक जीवनमा आउने उतारचढाव, पेन्सनसँग जोडिएका समस्या र त्यसले परिवार तथा सम्बन्धमा पार्ने प्रभावका कथा भने कमै पर्दामा आएका छन् ´ राईले भने `यही पक्षले आफूलाई ‘पेन्सन पट्टा’तर्फ आकर्षित गरेको हाे ।´ लाहुरेहरूको वीरता र सफलताको कथामा धेरै अवकाशपछि एउटा लाहुरे परिवारमा आउने समस्या र पेन्सनकै कारण उत्पन्न हुने परिस्थितिको कथा भने यसले पहिलो पटक उठाएको दयाहाङ सुनाउँछन् ।
Read full story at source (ratopati.com)