ऐतिहासिक भवन पुनर्निर्माण गर्न पुरातत्व विभागसँग अनुरोध
gorkhapatraonline.com · Wed Sep 09 03:08:54 GMT 2026

गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ढलेको कैलालीको ऐतिहासिक प्रशासनिक भवन पुनर्निर्माणका लागि पुरातत्व विभागलाई अनुरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले आफ्नो सबैभन्दा पुरानो प्रशासनिक भवन पुनर्निर्माणका लागि पुरातत्व विभागलाई गुहारेको हो । राणाकालीन समयमा निर्माण गरिएको सो भवन गत वर्ष आन्दोलनकारीले आगजनी गर्दा पूर्ण रूपमा ध्वस्त भएको थियो । भवन पुनर्निर्माणका लागि पुरातत्व विभागलाई अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सुब्बा राममूर्ति सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेपछि विभागको टोली आएर भवनको भग्नावशेष अनुगमन, निरीक्षणसमेत गरिसकेको छ । सिंह भन्नुहुन्छ, “अनुगमनपछि पुरातत्व विभागले पुरानै अवस्थाको भवन पुनर्निर्माण गर्नुपर्ने भन्दै गृह मन्त्रालयलाई प्रस्ताव गरेको छ ।”
Read full story at source (gorkhapatraonline.com)