काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान
nepalviews.com · Wed Jun 17 03:57:16 GMT 2026

काठमाडौं । काठमाडौं विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट समिति (सर्च कमिटी) ले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट आवेदन माग गरेको हो।
इच्छुक तथा योग्य उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र समिति समक्ष आफ्नो आवेदन पेस गरिसक्नुपर्नेछ।
Read full story at source (nepalviews.com)