पत्रकार बद्रीप्रसाद काफ्लेको निधन
ratopati.com · Wed Sep 09 03:13:31 GMT 2026

उदयपुर । नेपाल पत्रकार महासंघ उदयपुर जिल्ला शाखाका संस्थापक सचिव तथा पत्रकार बद्रीप्रसाद काफ्लेको बुधबार बिहान निधन भएको छ। गाईघाटस्थित समता टोलमा रहेको आफ्नै निवासमा उनको निधन भएको हो।
काफ्लेको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ। उनी २०४९ सालमा नेपाल पत्रकार महासंघ उदयपुर शाखा गठन हुँदा संस्थापक सचिवको जिम्मेवारीमा रहेका थिए ।
Read full story at source (ratopati.com)