लेखनाथ पुनर्स्थापनाको माग, विशेष नगरसभा बोलाउन पत्र
baahrakhari.com · Wed Sep 09 03:48:00 GMT 2026

पोखरा । कास्कीको पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिका मिलाएर पोखरा महानगरपालिका बनाइएको एक दशक नहुँदै पुनर्स्थापनाको माग गरिएको छ । साविक लेखनाथ नगरपालिकालाई पुनर्स्थापना गर्नुपर्ने माग गर्दै पोखरा महानगरपालिकाका जनप्रतिनिधिहरूले विशेष नगरसभा बैठक बोलाउन माग गरेका छन् ।
पोखरा महानगरपालिका–३१ का वडाध्यक्ष ढकनाथ कँडेल र २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङको अगुवाइमा महानगरपालिकाका एकतिहाइ जनप्रतिनिधिको हस्ताक्षरसहित विशेष नगरसभा बैठक बोलाउन माग गरेका हुन् । उनीहरूले सोमबार महानगर प्रमुख धनराज आचार्यसमक्ष पत्र बुझाएका छन् ।
Read full story at source (baahrakhari.com)