किम्रुङ खोला खुल्यो, ठूलो बाढीको जोखिम कम
nepalsamaya.com · Wed Sep 09 03:52:58 GMT 2026

काठमाडौं- कास्कीको अन्नपूर्ण गाउँ कार्यपालिकाबाट प्राप्त सूचनाअनुसार पहिरोले थुनिएको किम्रुङ खोला खुलेर पुनः बहन थालेको छ।
बाढी पूर्वानुमान महाशाखाले हाल ठूलो बाढीको जोखिम नरहेको जनाएको छ। यद्यपि सामान्य जोखिम कायमै रहेकाले मोदी खोलाको कालीगण्डकी दोभानसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Read full story at source (nepalsamaya.com)