१७ महिना ५ दिनको पारिश्रमिक रोकिएपछि कर्णालीका पूर्व सदस्यसचिव सञ्ज्याल सर्वोच्चमा
kalakarmi.com · Wed Sep 09 03:56:30 GMT 2026

सुर्खेत- कर्णाली प्रदेश खेलकुद विकास परिषद्का तत्कालीन सदस्यसचिव विश्वामित्र सञ्ज्यालले आफूले पाउनुपर्ने पारिश्रमिक तथा सेवा-सुविधा नदिएको भन्दै प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
सञ्ज्यालले सदस्यसचिवका रूपमा काम गरेको अवधिको पारिश्रमिक तथा सेवा-सुविधा उपलब्ध गराउन माग गर्दै रिट दायर गरेका हुन् । उनको रिटमाथि बुधवार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ ।
Read full story at source (kalakarmi.com)