फेरि चर्चामा सुनिता !
barnanmedia.com · Wed Jul 08 14:27:55 GMT 2026

सुनिता आहुजा, जसको पहिचान अब गोविन्दाकी श्रीमती हुनुमा मात्र सीमित छैन् । उनी अब एक स्टारकी श्रीमती हुनुको साथै एक भ्लगर र एक बोल्ड इन्टरनेट व्यक्तित्व पनि बनिसकेकी छिन् । उनको स्पष्ट बोल्ने शैलीका कारण उनी हाल भारतीय रियालिटी शो लकअप– २ मा देखिएकी छिन् । आम जनता मात्र होइन, भारतकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खान पनि सुनिताकी प्रशंसक बनेकी छिन् ।
लकअपको अन्तिम एपिसोडमा फराहले सुनिताको प्रशंसा गरिन् र उनलाई अँगालो हालिन् । ‘म सुनितालाई उनी १६ वर्षकी हुँदादेखि नै चिन्छु । त्यो बेला उनले भर्खरै गोप्य रूपमा विवाह गरेकी थिइन् । गोविन्दको घर मेरो नजिकै थियो । म उनलाई त्यति बेलादेखि नै चिन्छु । त्यति बेला उनी एक स्टार पत्नी बाहेक अरू केही थिइनन् र तर आज उनी अरूका लागि आदर्श बनेकी छन्,’ कार्यक्रममा फराह भन्छिन्, ‘आज सुनिता आफ्ना छोराछोरी र परिवारको लागि सबै कुरा गरिरहेकी छिन् ।’
Read full story at source (barnanmedia.com)