उद्योग वाणिज्य संघ जनकपुरले बाढी प्रभावित स्थलमा पठायो राहत सामग्री
ratopati.com · Wed Sep 09 04:08:32 GMT 2026

जनकपुरधाम । भोटेकोशीमा आएको विध्वंसकारी बाढीबाट प्रभावित भएका रसुवा, नुवाकोट, धादिङका पीडित परिवारलाई उद्योग वाणिज्य संघ जनकपुरले राहत सामग्री पठाएको छ ।
मानवीय सेवामा हाम्रो एकता भन्ने मूल नाराका साथ पीडितहरूका राहतका लागि सामग्री जुटाउन संघले एक हप्ता देखि सार्वजनिक रूपमा आव्हान गर्दै सबैलाई सहयोग गर्न आग्रह गरेको थियो । संघका अनुसार पीडितहरूका लागि करिब १ करोड बराबरको खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अत्यावश्यक सामग्री पठाएको जनाएको छ ।
Read full story at source (ratopati.com)