सबलेन्का यूएस ओपन २०२६ को सेमिफाइनलमा
kendrabindu.com · Wed Sep 09 04:07:35 GMT 2026
काठमाडौं । दुई पल्टका डिफेन्डिङ च्याम्पियन आरयना सबलेन्काले चेक गणतन्त्रकी लिन्डा नोस्कोभालाई तीन सेटको कडा संघर्षमा पराजित गर्दै बुधबार यूएस ओपन २०२६ को सेमिफाइनल यात्रा तय गरेकी छिन् । उनी प्रतियोगिताको अन्तिम चारमा पुगेको यो लगातार छैटौं पल्ट हो ।
सबलेन्काले विम्बल्डन च्याम्पियन २१ वर्षीया नोस्कोभालाई ७–६, ३–६ र ७–६ ले हराइन् । तेस्रो तथा निर्णायक सेटमा बेलारुसकी खेलाडी सबलेन्का ४–२ ले पछाडि परेकी थिइन् र हारको संघारमा पुगेकी थिइन् । त्यही स्थितिबाट उनले उत्कृष्ट प्रदर्शन गरिन् ।
Read full story at source (kendrabindu.com)