जेन—जी आन्दोलनको एक वर्ष : उठेनन् आगो लगाइएका संरचना
annapurnapost.com · Wed Sep 09 04:08:13 GMT 2026

परासी : गत वर्ष भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनबाट नवलपरासीले करोडौंको क्षति व्यहोर्यो। धेरै परिवारको उठीबास नै भयो। सरकारी, संघसंस्था र व्यक्तिगत सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाट भयो। सरकारी संरचनाहरू मर्मत भए पनि व्यक्तिका संरचनाहरू अझै पूर्ण रूपमा बन्न सकेका छैनन्।
अझै पनि सम्पत्ति ध्वस्त भएका पीडित व्यक्तिहरूमा उत्तिकै पीडा छ। आन्दोलनको केही महिनापछि सरकारी कार्यालयहरू मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइयो। व्यक्तिहरूले भने ऋणधन गरी सामान्य मर्मत गरेर बसोबास गर्न थालेका छन्। नष्ट भएका सरसामान अझै पनि उनीहरूले जुटाउन सकेका छैनन्।
Read full story at source (annapurnapost.com)