एक लाख नगदसहित बसपार्कमा युवा बेहोस
himalpress.com · Sun May 24 09:39:01 GMT 2026

झापा- पूर्वीनाकाको मेचीनगर नगरपालिका-६ स्थित बसपार्क नजिकैबाट नेपाल प्रहरीले रु एक लाख १८ हजार नगदसहित एक युवालाई बेहोस अवस्थामा उद्धार गरेको छ।
अत्यधिक मादक पदार्थ सेवन गरी शनिबार साँझ ६ बजेतिर सडकमा बेहोस भएर लडिरहेको अवस्थामा पाल्पाको रामपुर गाउँपालिका-२ का ३२ वर्षीय हरि थापालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
Read full story at source (himalpress.com)