प्रचण्डको प्रश्न– जेनजीले खोजेको परिवर्तन कहाँ पुग्यो ?
nepallive.com · Wed Sep 09 04:20:53 GMT 2026

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका क्रममा भएका दमन, हिंसा, लुटपाट र विध्वंसका घटनाको निष्पक्ष तथा स्वतन्त्र छानबिन गर्न माग गरेका छन्।
आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा बुधबार उनले घटनाको सम्पूर्ण सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएका हुन्। ‘यस घटनाको सत्य स्थापित गर्न निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन अनिवार्य छ। को दोषी थियो ? आन्दोलनमाथि दमन किन र कसरी भयो ? कसले आन्दोलन भड्कायो ? कसले हिंसा, लुटपाट र विध्वंश मच्चायो ? त्यसबाट लाभ कसले उठायो ? र, यसले नेपालको लोकतान्त्रिक प्रक्रियामा कस्तो प्रभाव पार्यो ? यी सबै प्रश्नको सत्यतथ्य उजागर गर्नुपर्छ। दोषी जोसुकै होस्, जुनसुकै राजनीतिक पहुँच वा शक्तिमा होस्, कानुनको दायरामा ल्याइनुपर्छ,’
Read full story at source (nepallive.com)