ढुंगामा कुँदियो जेन-जीको बलिदान : ४५ सहिदको सालिक एउटै पार्कमा
kalakarmi.com · Wed Sep 09 04:26:16 GMT 2026

काठमाडौं- जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनाको स्मृति अब सातदोबाटोस्थित जेन–जी सहिद पार्कमा स्थायी रूपमा सुरक्षित हुने भएको छ । आन्दोलनमा सहिद भएका नागरिक तथा तीन प्रहरीसहित ४५ जनाका अर्धकदका सालिक तयार गरी पार्कमा राखिएको छ ।
सातदोबाटोस्थित खेलकुद कम्प्लेक्स परिषद् परिसरमा निर्माण गरिएको पार्कको बुधवार बिहान अनावरण हुँदैछ । गृहमन्त्री सुधन गुरुङले बिहान साढे ८ बजे पार्क तथा सहिदका सालिक अनावरण गर्ने कार्यक्रम छ । यसअघि आन्दोलनमा ज्यान गुमाएका नागरिकको मात्रै सालिक राख्ने तयारी थियो । तर प्रधानमन्त्री कार्यालयबाट आन्दोलनका क्रममा मृत्यु भएका तीन प्रहरीको समेत सालिक निर्माण गर्न निर्देशन भएपछि नागरिक र प्रहरी सबैलाई एउटै स्मारकमा समेटिएको हो ।
Read full story at source (kalakarmi.com)