दैलेखको भम्लु खोलामा सुख्खा पहिरो, कर्णाली राजमार्ग अवरुद्ध
arthasansar.com · Wed Sep 09 04:29:32 GMT 2026

कर्णाली राजमार्गअन्तर्गत दैलेखको दुल्लु नगरपालिका–१ स्थित भम्लुको खोलामा सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। मंगलबार राति करिब ९ः१० बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि राजमार्ग ठप्प भएको हो। पहिरोका कारण तल्लो डुङ्गेश्वरबाट कालिकोटतर्फ जाँदै गरेका पाँच र कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेका ३० गरी कम्तीमा ३५ वटा सवारीसाधन तथा यात्रुहरू बाटोमै रोकिएका छन्।
पहिरो खसेलगत्तै प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था मिलाउनुका साथै यात्रु तथा सवारीसाधनको सहजीकरण गरिरहेको जनाएको छ।
Read full story at source (arthasansar.com)