बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय
rajdhanidaily.com · Wed Sep 09 04:32:50 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान गर्ने कामले तीव्रता पाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार रसुवा बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन अभियानलाई तीव्रता दिइएको हो । मन्त्रालयले गत भदौ १० मा आएको विनासकारी बाढीको भोलिपल्टैदेखि सम्भव भएसम्म सबै स्रोतसाधन र जनशक्ति परिचालन गरेर विद्युतीकरणको काम अगाडि बढाएको थियो ।
विनासकारी बाढीले विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेका बेला मन्त्रालयले वैकल्पिक उपाय अपनाइ विद्युतीकरणलाई तीव्रता दिएको हो । यसैक्रममा मङ्गलबार बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–१० र ११ मा विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ ।
Read full story at source (rajdhanidaily.com)