हंगेरीद्वारा १० रुसी कूटनीतिज्ञ निष्कासित
baahrakhari.com · Wed Sep 09 04:30:48 GMT 2026

काठमाडौं । हंगेरी सरकारले आफ्नो देशमा कार्यरत १० रुसी कूटनीतिज्ञलाई कूटनीतिक मर्यादाविपरीत ‘अस्वीकार्य गतिविधि’मा संलग्न रहेको आरोप लगाएको छ । उनीहरूलाई तत्काल देश छाड्न आदेश दिएको छ ।
हंगेरीकी उपप्रधान तथा परराष्ट्रमन्त्री अनिता ओर्बानले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै देशको ‘सुरक्षा र सार्वभौमसत्ता’को रक्षा गर्न यो निर्णय लिइएको बताएकी छन् । यद्यपि, उनले यस कदमको अर्थ रुससँगको कूटनीतिक सम्बन्ध पूर्ण रूपमा तोड्नु नभएको स्पष्ट पारेकी छन् ।
Read full story at source (baahrakhari.com)