एनपीएलको तेस्रो संस्करणको अक्सनका लागि खेलाडी दर्ता खुला
barnanmedia.com · Fri Jun 26 22:58:25 GMT 2026
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगिताको तेस्रो संस्करणको अक्सनका लागि खेलाडी दर्ता खुला गरेको छ ।
क्यानले हालै फ्रेन्चाईज टोलीबाट रिलिज भएका खेलाडी तथा एनपीएल अक्सनमा सहभागी हुन चाहने सम्पुर्ण नेपाली खेलाडीहरुले https://npl-t20.com/registration लिंक मार्फत आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ । अक्सन प्रकृयामा सहभागी हुने खेलाडीहरुलाई A, B, C गरी ३ श्रेणीमा विभाजन गरिएको र खेलाडीहरुले आफ्नो ईच्छा अनुरुप कुनै पनि श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्ने क्यानले बताएको छ । क्यानले जुलाई १ सम्म नाम दर्ता गर्न सकिने जानकारी दिएको छ ।
Read full story at source (barnanmedia.com)