राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब ‘रियल टाइम’ अनुगमनमा, ऊर्जा मन्त्रालयले सञ्चालनमा ल्यायो डिजिटल पोर्टल
aarthiknews.com

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको भौतिक तथा वित्तीय प्रगति, बजेट परिचालन, ठेक्का व्यवस्थापन र निर्माणका समस्याको वास्तविक समय (रियल टाइम) मा अनुगमन गर्न एकीकृत डिजिटल अनुगमन पोर्टल सञ्चालनमा ल्याएको छ। मन्त्रालयले यसलाई आयोजना व्यवस्थापन, निर्णय प्रक्रिया र बजेट विनियोजनलाई थप प्रभावकारी बनाउने डिजिटल सुधारका रूपमा प्रस्तुत गरेको छ।
मन्त्रालयका अनुसार पहिलो चरणमा सिक्टा, रानी जमरा–कुलरिया, भेरी–बबई, सुनकोशी–मरिन, महाकाली र बबई सिँचाइ आयोजना पोर्टलमा समावेश गरिएका छन्। आगामी चरणमा अन्य सिँचाइ आयोजनालाई पनि क्रमशः यही प्रणालीमा आबद्ध गरिनेछ।
Read full story at source (aarthiknews.com)