नेपाली विद्यार्थीको मृत्यु प्रकरण : जापानमा तीन नेपाली पक्राउ
barnanmedia.com · Wed Sep 09 04:31:44 GMT 2026

जापानको फुकुओका सहरमा २५ वर्षीया नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको मृत्यु भएको घटनामा तीन नेपाली नागरिक पक्राउ परेका छन् । जापानी प्रहरीले मंगलबार २८ वर्षीय सञ्जु तामाङ, २५ वर्षीया असुमिता तामाङ र २२ वर्षीय प्रविन लामालाई लक्ष्मीको हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सञ्जु फुकुओकामा व्यावसायिक विद्यालयमा अध्ययनरत छिन् । असुमिता सागा प्रिफेक्चरको तोसुमामा बस्दै आएकी छिन् भने प्रविन पनि तोसुमामै बस्ने अन्तर्राष्ट्रिय विद्यार्थी हुन् ।
Read full story at source (barnanmedia.com)