पाँचथरमा बाढीले पुल बगाएका स्थानमा फड्के निर्माण
ratopati.com · Thu Oct 03 17:39:00 UTC 2024

पाँचथर । यही असोज १२ गते आएको बाढीले पुल बगाएका यहाँका दुई खोलामा फड्के निर्माण गरी मानिसको आवतजावतलाई सहज बनाइएको छ ।
मेची राजमार्गअन्तर्गत नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को हेवा खोला तथा फिदिम–फालोट सडकअन्तर्गत फिदिम नगरपालिका १ र ११ को फेमे खोलामा फड्के निर्माण गरिएको हो । पुल बगाएपछि आवतजावत ठप्प भएका यी स्थानमा फड्के बनेपछि यात्रा सहज भएको छ ।
Read full story at source (ratopati.com)