रोल्पामा बस दुर्घटना, एक दर्जनभन्दा बढी यात्रु घाइते
barnanmedia.com · Wed Jul 08 15:16:41 GMT 2026

रोल्पाको त्रिवेणी गाउँपालिका–७ गाइबिसौनास्थित घोराही–घर्तीगाउँ सहिदमार्गमा बुधबार दिउँसो साढे ३ बजेतिर यात्रुवाहक बस दुर्घटना हुँदा एक दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् ।
प्रहरीका अनुसार घर्तीगाउँबाट काठमाडौंतर्फ जाँदै गरेको राप्ती यातायात प्रालिको लु२ख २९६६ नम्बरको बस ओरालोमा ब्रेक फेल भएपछि सडकमै पल्टिएको हो । बस चालक माडी गाउँपालिका–२, रोल्पाका २६ वर्षीय चन्द्रवीर पुन रहेको जिल्ला प्रहरी प्रमुख प्रनाउ पन्चकुमार बाखुले बताए ।
Read full story at source (barnanmedia.com)