भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन
reportersnepal.com · Wed Sep 09 05:05:24 GMT 2026

कपिलवस्तु, २४ भदौ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना अझै सम्पर्कविहीन छन् ।
आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयअन्तर्गतको आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार बर्दियाका ७६, दाङका ५४, रोल्पाका २४, बाँकेका २३, रुपन्देहीका १९, पाल्पाका नौ, प्युठानका नौ, नवलपरासी (बर्दघाट सुस्तापश्चिम)का नौ, अर्घाखाँचीका आठ, गुल्मीका सात, कपिलवस्तुका छ र रुकुमपूर्वका चार जना सम्पर्कविहीन रहेका छन् ।
Read full story at source (reportersnepal.com)