थेराङ र सुराङ खोलामा फड्के निर्माणपछि मनास्लु पदमार्ग सुचारु
annapurnapost.com · Wed Sep 09 05:01:38 GMT 2026

गोरखा : गत आइतबारको बाढीले बगाएको पुलमा फड्के बनाएर वैकल्पिक बाटो निर्माण गरेपछि मनास्लु पदमार्ग सुचारु भएको छ । चुमनुब्री गाउँपालिका ४ नाम्रुङस्थित थेराङ र सुराङ खोलामाथि फड्के हालेर आवतजावत गर्न थालेको वडाअध्यक्ष पेमा ग्याल्पो लामाले जानकारी दिए ।
गत आइतबार बिहान तीनबजे नाम्रुङस्थित फलामे पुल थेराङ खोलाको बाढीले बगाएको थियो भने सुक्समको झोलुङ्गे पुल बूढीगण्डकीको बाढीले बगाएको थियो । साथै सुक्सममा पहिरोले बाटो बिगारेपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी मनास्लु पदमार्गमा आवतजावत बन्द गराएको थियो ।
Read full story at source (annapurnapost.com)