जापानमा नेपाली विद्यार्थी लक्ष्मीको मृत्यु प्रकरणमा तीन नेपाली पक्राउ
kendrabindu.com · Wed Sep 09 05:13:30 GMT 2026

जापान । फुकुओका सहरमा नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा तीन नेपाली पक्राउ परेका छन्। जापानी सञ्चारमाध्यम जापान टुडेका अनुसार फुकुओका प्रहरीले मंगलबार सञ्जु तामाङ (२८), अस्मिता तामाङ (२५) र प्रवीन लामा (२२) लाई पक्राउ गरेको हो । उनीहरूमाथि २५ वर्षीया नेपाली विद्यार्थी लक्ष्मीको हत्या गरेको आशंका गरिएको छ।
प्रहरीका अनुसार फुकुओकाको तेन्जिन क्षेत्रमा रहेको एक नदीमा गत अगस्टमा राजवंशीको शव फेला परेको थियो। राजवंशी सन् २०२३ को मे महिनातिर विद्यार्थी भिसामा जापान आएको बताइएको छ।
Read full story at source (kendrabindu.com)