उखु बेचेर पनि ऋणमै किसान
nepalnews.com · Wed Sep 09 05:16:25 GMT 2026

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका लागि सधैँको गलपासो बन्दै आएको छ। गत याममा उद्योगलाई उखु बेचेका किसान छ महिना भइसक्दासम्म पैसा नपाएपछि समस्यामा परेका हुन्। यहाँको धन्कौल गाउँपालिका–२ मा रहेको अन्नपूर्ण चिनी उद्योगले गत याममा मा उखु खरिद गरेको भुक्तानी अझै किसानलाई दिएको छैन।
धन्कौल गाउँपालिका–३ निवासी कैलाश पासवानले उद्योगलाई दिएको ३०० क्विन्टल उखुको आंशिक रकम मात्र पाएको बताए। उनले ५० कट्ठा खेतमा उखु लगाएका छन्। यसमध्ये आफ्नो २० कट्ठा र बाँकी ठेक्कामा लिएको हो। उखु बेचेको पैसा समयमा पाए समयमै ठेक्का बुझाउने उनलाई हतारो छ। कबोल गरेको समयमा ठेक्का रकम नतिरे साहुलाई ब्याज बुझाउनु पर्ने चिन्ता उनले व्यक्त गरे।
Read full story at source (nepalnews.com)