एक वर्षमा मधेश प्रदेशमा ५९१ किमी सडक विस्तार
kendrabindu.com · Wed Sep 09 05:18:38 GMT 2026

जनकपुरधाम । मधेश प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका आठवटै जिल्लामा ५९१.१८ किलोमिटर सडक विस्तार तथा निर्माण गरेको छ । प्रदेशका ग्रामीण बस्ती, बजार क्षेत्र तथा मुख्य सडक सञ्जाललाई आपसमा जोड्ने उद्देश्यले सरकारले सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाएको हो ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी रोहित जोशीका अनुसार पूर्वाधार विकास कार्यालयमार्फत गत आवमा प्रदेशभर ५९१.१८ किमी सडक निर्माण तथा विस्तार भएको हो । निर्माण भएका सडकमा ढलान, ग्राभेल तथा कालोपत्र सडकसमेत रहेका छन् ।
Read full story at source (kendrabindu.com)