रसुवामा बाढीबाट अवरुद्ध पिद्युत् सेवा पुनःस्थापनामा तीव्रता
bishowkhabar.com · Wed Sep 09 05:18:31 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट अवरुद्ध विद्युत् सेवा पुनःस्थापनाको काम तीव्र पारिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रमा सबै उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गरी विद्युत् सेवा पुनः सञ्चालनको काम भइरहेको छ ।
भदौ १० गते आएको बाढीले विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि वैकल्पिक उपाय अपनाउँदै विद्युत् सेवा पुनःस्थापनालाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ । यसक्रममा मङ्गलबार नुवाकोटको विदुर नगरपालिका–१० र ११ मा विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ ।
Read full story at source (bishowkhabar.com)