बेलायतमा १ हजारभन्दा बढी उडान रद्द
ratopati.com · Wed Sep 09 05:21:33 GMT 2026

लन्डन । बेलायतमा एयर ट्राफिक कन्ट्रोल सिस्टममा आएको प्राविधिक समस्याका कारण १ हजारभन्दा बढी उडान रद्द भएका छन् । मङ्गलवार रातिसम्म सिस्टममा देखिएको खराबीका कारण बेलायतसहित युरोपका विभिन्न स्थानमा हवाई सेवा प्रभावित भएको हो ।
फ्लाइट निगरानी वेबसाइट फ्लाइट राडार २४ का अनुसार प्राविधिक समस्याका कारण १ हजारभन्दा बढी उडान रद्द भएका थिए । बेलायतको नेसनल एयर ट्राफिक सर्भिसेसले पनि समस्याका कारण विमानको टेकअफ प्रभावित भएको जनाएको छ । पछिल्लो समय भने फ्लाइट सिस्टम क्रमशः सामान्य अवस्थामा फर्किरहेको बताइएको छ ।
Read full story at source (ratopati.com)