कच्चा तेलको भाउ बढेसँगै प्रशोधित इन्धनको मूल्य पनि उच्च, पेट्रोल प्रतिब्यारेल १२३ डलर नाघ्यो
aarthiknews.com

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा प्रशोधित इन्धनको मूल्यसमेत उच्च बनेको छ। भारतको पेट्रोलियम प्लानिङ एन्ड एनालाइसिस सेल (पीपीएसी) का अनुसार सेप्टेम्बरमा प्रशोधित पेट्रोलको अन्तर्राष्ट्रिय एफओबी मूल्य प्रतिब्यारेल १२३.१५ डलर पुगेको छ। यस्तै, डिजेलको मूल्य पनि १५७.०९ डलर प्रतिब्यारेल पुगेको छ।
पछिल्लो समय मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार उकालो लागिरहेको छ । तेल आपूर्तिमा अवरोध आउन सक्ने चिन्तासँगै कच्चा तेलको मूल्य बढ्दा त्यसको प्रभाव प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा समेत परेको हो । पीपीएसीको तथ्यांकअनुसार २०२६/२७ को सुरुवातमै प्रशोधित पेट्रोलको मूल्य उच्च थियो । अप्रिलमा प्रतिब्यारेल १२७.८१ डलर रहेको पेट्रोलको अन्तर्राष्ट्रिय मूल्य मेमा बढेर १२९.६३ डलर पुगेको थियो ।
Read full story at source (aarthiknews.com)