जेन-जी आन्दोलनको एक वर्षमा प्रचण्डको प्रश्न : दमन र हिंसाको जिम्मेवार को ?
kalakarmi.com · Wed Sep 09 05:14:17 GMT 2026

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन-जी आन्दोलनका क्रममा भएको दमन, हिंसा, लुटपाट तथा आगजनीबारे निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन गर्नुपर्ने बताएका छन् ।
जेन-जी आन्दोलन प्रारम्भ भएको एक वर्ष पूरा भएको अवसरमा बुधवार वक्तव्य जारी गर्दै प्रचण्डले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार, घाइते र प्रभावितप्रति समवेदना व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टाचारको अन्त्य, सुशासन र अवसरमा समानताको मागसहित प्रारम्भ भएको आन्दोलन प्रारम्भमा अभिव्यक्ति स्वतन्त्रता, सुशासन र भ्रष्टाचारविरुद्धको खबरदारीमा केन्द्रित रहेको उल्लेख गरेका छन् ।
Read full story at source (kalakarmi.com)