बसाइँ सराइले पहाडी गाउँपालिकाहरु रित्तिने चिन्ता
newsofnepal.com · Wed Sep 09 05:35:35 GMT 2026

उदयपुर । उदयपुर जिल्लाका १२ वटा गाउँपालिका÷नगरपालिकामध्ये रहेकोमा पहाडी भेगमा पर्ने ४ गाउँपालिका बसाइँ सराइ गरेर जानेका कारण रितिँदै गएको छ । नगरपालिका क्षेत्रमा भने बसाइँ सरी आउनेको संख्या बढिरहेको छ । उदयपुरका पहाडी पालिकाहरुमा खास गरी खेतबारीमा उब्जाबाली राम्रो नहुने, सिंचाइको असुविधा, पाखोबारी, पहिरोका भय, यातायातको असुविधा भएको छ ।
एकातिर शिक्षा, स्वास्थ्य, खानेपानीको समस्या छ, अर्कोतिर पुरुषहरु वैदेशिक रोजगारमा जाने र महिलाहरु छोराछोरी पढाउनका लागि शहरबजार तथा सुविधायुक्त ठाउँमा बस्ने क्रम बढेको छ । वैदेशिक रोजगारबाट फर्किएपछि पनि गाउँ नगई शहरबजारमै जग्गा किनेर घर बनाई बस्ने गरेकाले गाउँ रित्तिँदै गएको बताइन्छ ।
Read full story at source (newsofnepal.com)